Ultimate magazine theme for WordPress.

बहुमतको धज्जी उडाएका प्रचण्ड र माधव नेपाल अहिले यस्तो हालत

437

काठमाडौं ।

राजनीतिज्ञमा नैतिकता र दलीय अनुशासन आवश्यक पर्छ । जनतामाझ गरिएको प्रतिबद्धता र चुनावी घोषणा पत्रमा समेटिएका कार्यक्रम सम्पन्न गर्ने गरी आफ्नो लक्ष्य बनाउनुपर्ने राजनीतिज्ञको प्रथमतः कर्तव्य हो । तर, नेपालको राजनीतिमा यो दूर्लभजस्तै लाग्छ ।

नेताहरुले आज बोलेका कुरा भोलि आफैं खण्डन गर्छन् । गएका कयौँ चुनावी घोषणा पत्रलाई कार्यान्वयन गराउन दलका नेताहरु कहिल्यै अग्रसर भएनन् । र जनताले पनि नेताहरुलाई विश्वास गर्न छाड्दै गएका छन् ।

चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्नुबाहेक आमनागरिकमा नेताप्रतिको अपेक्षा र आश दिनानुदिन गुुम्दै गएको देखिन्छ ।

यही बेलामा २०७४मा भर्खरै दशैं मनाएका जनतालाई खुसी बनाउँदै एमाले र माओवादीले आफूहरु पार्टी एकता गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिका कार्य गर्ने उद्घोष गरे ।

सोहीअनुसार पार्टी एकता प्रक्रिया पनि अघि बढाए । सोही वर्ष भएको निर्वाचनमा एमाले र माओवादीबीच एकीकरण भएर गठन भएको नेकपाले केन्द्रमा दुईतिहाइ नजिक बहुमत ल्यायो भने प्रादेशिक र स्थानीय सरकारमा पनि बर्चश्व कायम गरेको थियो ।

तर, राजनीतिक नेताहरु सत्ताका लागि जे पनि गर्छन् भन्ने उदाहरण नेपालका कम्युनिष्ट नेताहरुले पुष्टि गरे । सत्ताबाहिर रहँदा पानी बिनाको माछा जस्तो कांग्रेस हुन्छ भन्ने आक्षेपलाई अब कम्युनिष्ट नेताहरुले पनि सत्ताका लागि सबै आचारण त्याग्छन् भन्ने अवस्था सृजना गरेका छन् ।

साविक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको समर्थनमा २०७४ फागुन ३ गते केपी शर्मा ओलीले दुुईतिहाइ नजिक बहुमत प्राप्त शक्तिशाली सरकारको नेतृत्व सम्हाले । सँगैसँगै पार्टी एकता प्रक्रियाका बाँकी कार्य पनि अगाडि बढाउँदै थिए ।

तर, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध रणनीति बुनेर बसेको देखियो ।

जब संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान मिल्ने भयो, तब उनीहरुले सरकार परिवर्तनको खेल सतहमै खेले । आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीका कमिकमजोरी सच्याउन पाटीभित्रैबाट सम्भव हुने भए पनि प्रचण्ड–नेपालको एक मात्रै अडान रह्यो– ओलीलाई सरकार र पार्टीबाट हटाउने ।

यसले गर्दा आजसम्म आइपुग्दा जनताले दिएको दुुई तिहाइ नजिकको बहुमत पनि खेरा गयो, प्रतिनिधि सभा विघटन भयो, नेकपामात्रै होइन एमाले पनि टुक्रियो ।

जनताको मत राजनीतिक स्थिरतासँगै मुलुकको विकास र समृद्धिका लागि थियो । अहिले कोरोनाभाइरस संक्रमणबाट पीडित बनेका उनै नागरिक उपचार नपाएर मृत्युवरण गर्दा सत्ता परिवर्तनको खेलमा प्रचण्ड र माधवकुमारले लिडरोल खेले । सकसमा परेका जनता बचाउने उनीहरुको माग बन्न सकेन ।

जनताको जीवनरक्षाको अन्तरिम आदेश माग गर्दै सर्वाेच्च अदालत जाने आवश्यक ठानेनन् । तर, दलीय अनुुशासन भुलेर नेता नेपाल प्रचण्ड र शेरबहादुर देउवालाई बोकेर आफ्नै पार्टीको सरकार ढाल्न शीतल निवासदेखि सर्वाेच्च अदालतसम्म पुुगेका छन् ।

जनताले कम्युनिष्ट पार्टी नेकपालाई बहुमत दिएको भए पनि प्रचण्ड र नेता नेपाल कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन शीतल निवास र सर्वाेच्च अदालत धाउँदा जनमतको धज्जी उडाएको आरोप लागेको छ ।

यदी कम्युनिष्टलाई मत दिए पनि उनीहरुले सरकारको नेतृत्व कांग्रेसलाई बुुझाउँछन् भने अबको निर्वाचनमा एकलौटी रुपमा कांग्रेसलाई नै मत किन नदिने ? भन्ने प्रश्न कम्युनिष्ट नेताहरुमाथि खडा भएको छ ।