काठमाडौमा
एकै पटक बालमन्दिरमा रहेका बालबालिकाहरु अस्वस्थ्य भएपछि सरोकारवालालाई चिन्तित बनाएको छ र ब्यवस्थापनका लागि सरोकारवालालाई समस्या भएको छ ।
काठमाडौंको दुई बालमन्दिरमा आश्रित ४९ बालबालिका एकै पटक संक्रमित भएका हुन् ।
यति धेरै बालबालिका एकै पटक संक्रमित भएपछि चिकित्कस र संरक्षणकर्ता चिन्तित भएका हुन् ।
नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई संक्रमित भएको पुष्टि भएको यो पहिलो पटक रहेकाे छ ।
नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ४९ जना एकै पटक संक्रमित भएको छ ।
‘सिफलका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा पोजिटिभ देखिएको छ ।
नक्सालको बालगृहमा रहेकाको पनि केयर टेकरसहित २३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको बडालले बताए ।
अझ केहीको रिपोर्ट आउन बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने उनको भनाई छ ।
दुवै ठाउँका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे छन् ।
संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका रहेको र केही शारिरीक अपाङ्गता भएका पनि छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण सहित संक्रमित भएका छन् ।
एकैपटक धेरै बालबालिकाहरू संक्रमित भएपछि आइसोलेसनमा राख्न ठाउँ नभएको र उनीहरुको संरक्षणमा पनि कठिनाई भएको उनको भनाई छ
। स्राेतः ताजा खबर ःसांकितीक तस्विरः गुगल