नेपाली
बजारमा बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार
तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज सात सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सयमा बिनबेच भएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको जनाइएको छ ।
महासंघले अनुसार त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको छ ।
याे पनि पढ्नुहाेस्ः
मेलिना र सुगमको रोमान्टिक नम्वर ‘झटारोले’ सार्वजनिक
गायिका मेलिना राई र गायक सुगम दाहालको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक ‘झटारोले’ बोलको गीतमा गणेश शाहीको शब्द तथा शंकर थापा स्माइलको संगीत रहेको छ।
रमाइलो गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ।
सार्वजनिक लिरिकल भिडियो फराज अर्पणले बनाएका हुन्।
रोमान्टिक नम्वरको गीत भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।