आमाको
मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् ।
यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नाति नातिनी पाल्न निकै सम’स्या भएको छ ।
गाउँभरी डुलेर अरूसँग मा’गेर नाति नातिनाको पेट भर्ने काम गरेको बज्यै बिस्नाले बताइन् ।
आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृ’त्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अ’ल’प’त्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।
अलपत्र पर्नेमा ७ वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् ।
“आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छौं, यीनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि सम’स्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आ’ग्रहसमेत गरेका छौँ ।”
“सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २, माइली कोपिला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेका छन्”, उनले भने ।
कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनीहरुमा झनै सम’स्या थपिएको छ । लकडाउन नहुनु पहिला ज्याला मजदूरी गरेर पाल्थे, अहिले भने गाउँभरी मागेर पाल्ने गरेको बाजे अर्जुनले बताए ।
अर्जुनको परिवारले माथिल्लो जातिको काम गरे वापतको अन्नले केही दिनलाई खान पुगे पनि अहिले भने परिवार पाल्न निकै सम स्या भएको बताए । वडाध्यक्ष महतले भने, “आफूहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरिरहेका छौं, यीनीहरुको पढाइ त टाढाको विषय हो छाक टार्न पनि सम स्या भएको छ, यी साना बालबालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रहसमेत गरेका छौँ ।”
युनिसेफको सहयोगमा रु एक हजार सहयोग गरेका छौँ, बाँकी नगरपालिकामा कोष स्थापना हुन लागेको छ, त्यसपछि सहयोग गर्न सकिने छ ।” उनले भनिन् ।
नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले त्यस्ता अ लप त्र परेका बालबालिकालाई यो आर्थिक वर्षमा प्रतिव्यक्ति रु एक हजार सहयोग गरेको बताइन् । ।
स्राेतः राताे पाटी सांकीतिक / तस्विरः गुगल