Ultimate magazine theme for WordPress.

विश्वभर कोरोना संक्रमितको संख्या हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

130

काठमाडौं ।

वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले भारत लगायत केही देशमा संक्रमितको संख्या तिव्र रुपमा बढेको देखिन्छ ।

विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण पुन बढ्न थालेको छ । विभिन्न देशमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरस देखिएको छ ।

कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ ।

 

त्यस्तै हालसम्म विश्वमा १५ करोड १९ लाख ८५ हजार ४ सय ३५ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख ८ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४० लाख २२ हजार ६ सय ५७ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ५९ हजार १ सय ७१ पुगेको छ भने संक्रमितको संख्या १ करोड ६३ लाख ९२ हजार ६ सय ५७ पुगेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड १ लाख ५३ हजार ४ सय ७९ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ लाख ३७ हजार ९ सय २२ पुगेको छ ।

यस्तै अमेरिकामा २ करोड ७७ लाख ६७ हजार ४० कोरोना संक्रमित निको भइसकेका छन् ।

यस्तै एक करोड ४८ लाख ११ हजार २ सय ६६ निको भइसकेका छन् ।