अन्ततः
जसपा अनौपचारिक रुपमा फुटेको छ । जनता समाजवादी पार्टी विभाजनका लागि तम्तयार बनेपछि उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हात मिलाएर आ(आफ्नो बाटो लाग्न प्रस्ताव गरेका छन्।
नेपालको वर्तमान राजनीतिमा समयले नयाँ ध्रुवीकरण खोजेको दाबी गर्दै उनले तानातान र किनबेचको तमासा नगरेर भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री केपी ओलीलाई साथ दिने कि उनको विकल्प खोज्ने भन्नेमा जसपा विभाजित छ। पार्टीको महन्थ(राजेन्द्र पक्षले ओलीलाई चट्टानी साथ दिएको छ भने उपेन्द्र–बाबुराम पक्ष जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु पर्ने अडानमा छ।
दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस नभएपछि पार्टी विभाजनको चरणमा पुगेको छ। दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई पार्टीबाटै निष्काशन गर्ने तयारी गरिरहेका छन्।
सोही परिप्रेक्षमा संघीय परिषद् अध्यक्ष डा। भट्टराईले हात मिलाएर आ–आफ्नो बाटो लाग्न प्रस्ताव गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो।
नयाँ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ।
अतस् मान्छे तानातान र किनबेचको तमासा नगरौँ१ भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ१ हात
मिलाएर आआफ्नो बाटो लागौँ१ हिँडिरहे फेरि भेट हुनेछ।’
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!
— Baburam Bhattarai (@brb1954) May 30, 2021