Ultimate magazine theme for WordPress.

उपेन्द्रले बोलाए समिति बैठक, सरकारमा जाने अन्तिम तयारीमा रहेको ठाकुर पक्षलाई यस्तो गर्ने तयारी देखियो

85

जसपा

फुटको संघारमा पुगेको चर्चाका बीच जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

आज पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष यादवले बैठक बोलाएका हुन्।

सरकारमा जाने तयारीमा रहेको अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने विषयमा बैठकमा छलफल हुने स्रोतले जनाएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र

अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका छन्।

भट्टराई(यादव पक्षले वर्तमान सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने तयारी गरेको छ । यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ।

बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्।

ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्।

जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

ठाकुर पक्ष आजै ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको बुझिएको छ ।

यो पनि हेनुहोस

चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?

भारतमा दैनिक नयाँ संक्रमितको संख्या यस्तो देखियो

हिन्दुराष्ट्र सहितको राजसंस्था फर्काउने प्रधानमन्त्री केपि ओलीको बाचा !

उपत्यकामा निषेधाज्ञा यस्तो बनाउने तयारी अब के के गर्न पाइन्छ पुरा हेर्नुहोस