काठमाडौं –
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ३ सय रुपैयाले बढेको हो ।
यस्तै आइतबार पनि सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेको थियो ।
सोमबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य
आज पनि तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९४ हजार ५ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो पनि हेर्नुहोस
फेरि नाटकीय रुपमा एक हुदैँ एमाले, मध्यरातमा भयो यस्तो कुराकानी !
ओरालो लागेका प्रचण्डलाई बादलले फेरि बनाए तारो, यतिसम्म भने !
भारतमा दैनिक नयाँ संक्रमितको संख्या यस्तो देखियो
चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?
उपत्यकामा निषेधाज्ञा यस्तो बनाउने तयारी अब के के गर्न पाइन्छ पुरा हेर्नुहोस