Ultimate magazine theme for WordPress.

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

320

काठमाडौं ।

मंगलबार हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका

अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती,

गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको

विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही देशभर केहि स्थानहरूमा मेघगर्जन,

चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य

बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।