Ultimate magazine theme for WordPress.

१ करोड पर्ने गाडी अब यति सस्ताेमा किन्न सकिन्छ, हात्तै घट्याे मुल्य

363

नेपालमा

सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीबाट विस्थापित गर्ने भनेर फलाक्न थालेको धेरै भयो । तर, आज पनि विद्युतीय सवारीसाधन सडकमा बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

सरकारको बोली र व्यवहारमा एकरूपता नहुँदा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन नसकेको हो । तर, यसपाली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वार्षिक बजेटबाट भने विद्युतीय सवारीका बिक्रेता र प्रयोगकर्ता उत्साहित छन् । बजेटले यस्ता सवारीको अन्तशुल्क शून्यमा झारेको छ ।

गत वर्षको बजेटमा भन्सार र अन्तशुल्क वृद्धि गरिएको थियो र त्यसको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारीसाधनमा अन्तशुल्क शून्यबाट बढाएर ६० प्रतिशत बनाएका थिए ।उनले भन्सारसमेत वृद्धि गरेर ४० प्रतिशत पुर्‍याएका थिए ।

त्यसलाई यो वर्षको बजेटले सच्याएको हो ।पहिले ६० प्रतिशत रहेको विद्युतीय गाडीको अन्तशुल्क खारेज गर्नुका साथै भन्सार पनि ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ । यसले आगामी दिनमा विद्युतीय सवारीसाधनको मूल्य ह्वात्तै घट्ने देखिन्छ ।

अब १ करोड पर्ने विद्युतीय गाडी ७० लाखमै किन्न सकिने बताउँछन् । आमरुपमा विद्युतीय गाडीको मूल्य ३० प्रतिशत घट्ने उनको भनाइ छ ।त्यसो त बजेटले डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीमा प्रयोग हुने केही पार्ट्सको समेत मूल्य घटाएको छ ।

दुलालले भने, ‘डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीको केही पार्टपुर्जाको मूल्य घटेको छ । सबैखाले गाडी र बाइकमा सडक शुल्क घटेको छ ।

पहिले सडक प्रयोग गरे वापत ७ प्रतिशत कर तिर्नुपथ्यो भने अब ५ प्रतिशत तिरे पुग्छ ।’अटोमोबाइल्स व्यवसायीले राख्दै आएका माग सरकारले बजेटमा सम्वोधन गरेको हो ।

त्यसैले बजेटबाट गाडी बिक्रेता खुसी भएका छन् । दुलालले भने, ‘कर बढेपछि नेपालमा विद्युतीय गाडीको बिक्री ठप्प जस्तै थियो ।

अब फेरि यसले बजार लिनसक्ने वातावरण बनेको छ ।’कर वृद्धि हुनुभन्दा पहिले नेपालमा विभिन्न कम्पनीका १ हजार थान विद्युतीय गाडी बिक्री हुने गरेको थियो ।

तर गत करवृद्धिसँगै मूल्य बढेपछि उपभोक्ताले विद्युतीय गाडीमा चासो राख्न छोडे ।

अब फेरि विद्युतीय गाडीमा आकर्षण फर्किने व्यवसायीको अपेक्षा छ ।