Ultimate magazine theme for WordPress.

ग्यास र चिनीकाे मुल्य अचानक यस्ताे किन भयाे ? (सूचना सहित)

440

आर्थिक

वर्ष २०७८–०७९ को बजेट वक्तव्यमा उल्लेखित २० प्रतिशत छुट सुविधाको कार्यान्वयन शुरु भएको छ ।

अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट

सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा विक्री वितरण हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय गरेकाे छ ।

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ

भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको

तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने ।

लाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने,

कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि

खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय

भएको अर्थ मन्त्रालयकाे भनाइ रहेकाे छ ।

स्राेतः ताजा खबर