Ultimate magazine theme for WordPress.

भूत उतारिदिन्छु भन्दै एक लाख र औठिपनि लिए, सबै कपडा उता’रे’र त्यसपछि… !

261

काठमाडौं ।

उदयपुरमा सबै हैरान हुने एक घटना बाहिर आएको छ । झारफुक गरी रोग निको पारिदने भन्दै गलत काम गरेको आ’रो’पमा मंगलबार गाईघाटबाट दुई जनालाई समातिएका छन् ।

त्यहाँ आफूलाई धामी बताउने स्थानीय ३९ वर्षीय अर्जुन भन्ने चुडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीया जुना राई पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक भीमबहादुर दाहालले यसको पुष्टि गर्नुभयो । २ जना बिरामी महिलासँग एक लाख रुपैयाँ नगद र सुनको औँठी ठगेको र

झारफुक गर्ने भन्दै सबै कपडा खोल्न लगाएर गलत काम गरेको आरोपमा उनीहरुलाई प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई जुना राईकै घरको कोठामा राखी ईश्वर र भूत लागेकोलाई उपचार गर्ने र माता उ’त्ता’र्ने भन्दै १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठ’गी गरेको खुलेको छ ।

प्रहरी उपरीक्षक दाहालले शिवजीको रुपमा उपचार गर्न सबै कपडा खो’ल्नुपर्ने भन्दै गलत काम गर्ने गरिएको जानकारी दिनुभयो ।

प’क्राउ गरेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

प’क्राउ परेका श्रेष्ठ र राईका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

source taja khabar

photo by google