Ultimate magazine theme for WordPress.

पेट्रोलियम पदार्थको मूल्य बढाइयो

265

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो ।

 

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ ।

आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पुर्‍याइएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

यो पनि हेर्नुहोस

कुखुरापालन व्यवसायमा निषेधाज्ञाको असर

कोरोना भाइरस फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन् ।

निषेधाज्ञाका कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुरा दाना अभावमा मर्ने अवस्थामा पुगेका छन् ।

लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् ।

कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए ।

दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोखे । “ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ,” सकुर मियाँले भने,  “तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।”

चल्ला र दानाको अभाव भएपछि कुखुरापालनप्रति नै उनी निराश देखिन्छन् ।