Ultimate magazine theme for WordPress.

अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री

171

सिड्नी ।

अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ ।

क्षेत्रीय देशहरुसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई पीपीईलगाएतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्न सहकार्य गरिरहेको छ ।

अष्ट्रेलिया र नेपालको लामो समयदेखि विपद्का समयमा सहकार्य गर्ने इतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्दछ,’ हस्तान्तरणका क्रममा राजदूत वोल्कले भनिन।

उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले भनिन, ‘दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्यस्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामग्री ल्याइएको हो ।

नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आइसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामग्रीहरु प्रदान गरिएको हो

जुन ५ मा नेपाल पुर्‍याइएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जिकल मास्क, फेस शिल्ड र पञ्जाहरु रहेका छन् ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ विरुद्दको सुरक्षित र प्रभावकारी खोप व्यवस्थापन गर्न सहयोग जारी रहेको पनि प्रेस वक्तव्यमा उल्लेख छ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीलाई प्रदान गरिने तालीमका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।