Ultimate magazine theme for WordPress.

ओलीको एक्सनपछि प्रचण्डलाई छट्पटाहट, कोटेश्वरबाट बुढानिलकण्ठसम्को दौडधुप

226

काठमाडौं ।

आइतबार एमाले अध्यक्ष ओलीले असन्तुष्ट समूहको सबै माग पूरा गर्दै वैकल्पिक सरकार निर्माणका लागि दिएको हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई भनेपछि प्रचण्डको धौडधुप चलेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि निर्णायक पहल थालेपछि वैकल्पिक सरकारको निर्माणमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको दौडधुप चलेको छ ।

अध्यक्ष ओलीको पार्टी एकताका लागि गरेको आह्वानबारेमा नेता नेपालले प्रचण्डसँग सल्लाह गरेर शंका व्यक्त गरेका छन् ।

तर, आफ्नो समूहका युवानेताहरु पार्टी एकताको पक्षमा रहँदै आइतबार अध्यक्ष ओलीले जारी गरेको अपीलप्रति सकारात्मक भएपछि नेता नेपाल दबाबमा परेका छन् ।

कोटेश्वरमा नेता नेपालसँग छलफल गरेर प्रचण्ड बुढानिलकण्ठ पुुगेका छन् ।

बुढानिलकण्ठस्थित देउवा निवास पुगेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।

कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वाेच्च अदालतमा हस्ताक्षर बुुझाएका छन् ।

सोही हस्ताक्षर फिर्ता लिन भन्दै अध्यक्ष ओलीले सबै माग पूरा गरेपछि माधव नेपाल समूह एमालेको मूल प्रवाहमा जानसक्ने सम्भावना भएपछि अध्यक्ष प्रचण्डलाई छट्पटाहट भएको एमालेका नेताहरुको आरोप छ ।

यसबारे जानकार रहेका प्रचण्ड माधव कुमार नेपाललाई एमालेको मूल प्रवाहमा जानबाट रोक्ने गरी सक्रिय भएको आरोप लागेको छ ।

सोमबार कोटेश्वर पुुगेर माधवकुमार नेपाललाई भेटेर प्रचण्डले छलफल गरेका छन् ।

पार्टीको एकताको आह्वानसहित मुख्य माग पूरा गरिदिएपछि नेपाल समूहलाई एमालेको मूल प्रवाहमा जान बाध्य हुनुपर्ने अवस्था ओलीले सृजना गरिदिएपछि प्रचण्ड सोमबार कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका हुन् ।