कास्कीमा केही हप्ताको तुलनामा कोरोना संक्रमितको मृत्यु संख्यामा केही कमी आएपनि पछिल्ला दिनमा कमी आउन सकेको छैन ।
अहिले दिनहुजसो ६र७ जनाको हाराहारीमा मृत्यु हुने गरेको तथ्यांक छ ।
आज पनि कास्कीमा ६ जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै गण्डकीमा आज १७ जनाको ज्यान गएको छ ।
त्यस्तै कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा ७ सय ९१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ