रामेछापकाे
तामाकोसी नदीमा हा म फा लेर आफ्नो ज्या न दि न ला गेका एक बृद्धलाई आफ्नै भतिजले बचाए ।
मन्थली नगरपालिका–१ आकाशे स्थित तामाकोसी नदीमा आज दिउसो साढे
चार बजेको समयमा यस्तो कार्य गर्न लागेका मन्थली
नगरपालिका–६ का ७३ बर्षिय बृद्धालाई उनका भतिजले बचाएका हुन् ।
बृद्धले देह त्या ग ग र्न नदीमा हा म फा ले पछि
नजिकै रहेका भतिजले पौडी खेलेर उनको उद्धार गरेका थिए ।
भतिज नदीमा बृद्धलाई बचाउन गएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पारिवारिक
तनाबको कारण बिरक्तिएर यस्तो गर्न नदीमा हा म फा ले का बृद्धलाई उनका भतिजले बचाएको पाईएको छ ।
उनका अनुसार दे ह त्या ग ग र्न नदीमा हा म फा ले का ती बुद्ध झण्डै नदीको बीचमा पुगेका थिए ।
उनका अनुसार स्थानीयले खबर गरे लगत्तै पुगेको प्रहरी टोलीले पनि मद्दत गरेको थियो ।
यस्तो कार्य गर्नबाट बचाइएका बृद्धलाई अहिले जिल्ला प्रहरी कार्यालय
रामेछापमा ल्याएर सम्झाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
source tajkhabar