Ultimate magazine theme for WordPress.

दिदि बेपत्ता दुई दाजुभाई र एक बहिनीको मृत्यु दिदिको खोजी गर्न आग्रह

325

महोत्तरी

बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पा’ ‘सो ला गेर मृत भेटिएका थिए

घटनाबारे अनुसन्धान थालिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । दुबै घटनाको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।

रमेशको हातमा सामान्य चो’ट र नाकबाट र’गत ब’गी रहेको पाइएको प्रहरीले जनाएको छ ।

भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।

बेपत्ता दीपाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ ।

source tajakhabar