Ultimate magazine theme for WordPress.

मन्त्रालयले दियाे यस्ताे जवाफ आन्तरिक उडान खुल्ने बारे

338

स्वस्थ्य मापदण्ड पालना गर्दै हवाई सेवा संचालन गर्न पाउनुपर्ने माग राख्दै ब्यवसायीहरुले प्रस्ताव पेश गरेका हुन् ।

सरकाले आन्तरिक उडान अनिश्चित कालसम्मको लागि स्थगन गरेको छ।

आन्तरिक उडान खोल्न हवाइ क्षेत्रका व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्।

उनीहरुले हवाइ यात्रा सुरक्षित रहेको तर्क गरको छन् । व्यवसायीले महामारी घट्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने जनाएका छन् ।

वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक उडान खोल्न प्रस्ताव गरेको भएपनि मन्त्रालयमा यसवारेमा कुनै छलफल नभएको मन्त्रालयकाे भनाइ रहेकाे छ ।

मन्त्रालयका हवाइ महाशाखा प्रमुख बुद्धि सागर लामिछानेले ‘मन्त्रालयले खोल्ने भने पनि मन्त्रिपरिषदले गर्ने निर्णय भएकाले तत्काल केही भन्न नसकिने जनाएका छन् ।

मन्त्रालयको निर्णयले मात्र हवाई सेवा सुचारु नहुने र त्यसको निर्णय मन्त्रीपरिषद्वाट हुने भएकाले यसवारेमा मन्त्रालयमा कुनै छलफल नभएको बताए ।

याे पनि पढ्नुहाेस्ः
सरकारले यस्ता ब्याक्तिलाई पनि दिने भयो मासिक भत्ता

जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ ।

‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक रु एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।

मन्त्रालयले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, कृषि मन्त्रालयअन्तर्गत जिल्लामा रहेका कृषि कार्यालय र यस प्रदेशका कृषि विज्ञ, अध्येता र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर नीतिगतरूपमा योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरेको छ ।

“नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशासहित कृषकहरुलाई हेयका दृष्टिले हेर्न थालिएको छ”, कृषिमन्त्री शाहीले भन्नुभयो, “कृषि क्षेत्र र

यो पेशामा आबद्ध कृषकलाई प्रोत्साहित गरी कृषि पेशाप्रतिको आकर्षण र महत्व बढाउने उद्देश्यका साथ सरकारले आगामी आर्थिक वर्ष ०७८÷०७९ बाट सञ्चालन हुने गरी ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकता दिएको हो ।”