Ultimate magazine theme for WordPress.

थप ५२२५ जना संक्रमणमुक्त, ३७५० जनामा संक्रमण पुष्टि

161

पछिल्लो

२४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको ज्यान गएको छ ।

उता को’रोना भाइरस संक्रमणदर आशातित रुपमा नघटेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने विषयमा छलफलमा जुट्नु भएको छ ।

संक्रमणदर न’घेटेकाले अझै केहीदिन निषेधाज्ञा थप्न विज्ञहरुले सुझाव दिएकाले के गर्ने भन्ने विषयमा छलफल चलिरहेको एक प्रजिअले जानकारी दिनुभयो ।

‘हामी छलफलमानै छौ, विज्ञहरुको सु’झावअनुसार नै निर्णय हुन्छ होला तर निषधाज्ञा केही खुकुलो हुनेछ, उहाँले भन्नुभयो ।’

उहाँका अनुसार ७ दिन निषेधाज्ञा थप्ने तयारी भएको छ ।

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी छ ।