काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा आज अस्ट्रेलियाको सामना गर्दै छ ।
खेल कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुदै छ ।
अस्ट्रेलियाविरुद्धको खेलको लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्लेइङ ११ को घोषणा गरेका छन् ।
फिफा वरियतामा ४१औ स्थानमा रहेको अस्ट्रेलियासँग नेपालले यो दोस्रो खेल खेल्दै छ ।
यसअघि २०१९ को अक्टोबरमा खेलेको खेलमा नेपाल ५-० गोल अन्तरले पराजित भएको थियो ।
आजको खेलमा गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द छन् भने सुमन अर्याल र गौतम श्रेष्ठलाई विंगब्याकमा राखेका छन् ।
त्यस्तै एरिक विष्ट, पुजन उपरकोटी र विशाल राई मिडफिल्डमा रहेका छन्
भने सुनिल बल, नवयुग श्रेष्ठ र सुमन लामा फरवार्डमा रहेका छन् ।