Ultimate magazine theme for WordPress.

नेपालको आकाशमा एक साता घाम नलाग्ने, कारण यस्ताे छ

285

नेपालमा

यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ,”

त्यसैले अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । मौसमविद् वरुण पौडेलले भने,

“देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ ।”

कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने उनकाे भनाइ रहेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको बताएका छन् ।

एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन। मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए ।

स्राेतः गोरखापत्र दैनिक