Ultimate magazine theme for WordPress.

भाग्य र स्वभाव कस्तो हुन्छ राती जन्मेको मान्छेको ? जान्नुहाेस्

237

तपाईंलाई थाहा छ,

जन्मिएको समयका आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ। हामीले रातमा जन्मिएका ब्यक्तीको स्वभाव कस्तो हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार दिनमा जन्मनेको स्वभाव रातमा जन्मनेहरूको भन्दा फरक हुन्छ। जन्म समयको आधारमा कुनै पनि व्यक्तिको समय ज्योतिष शास्त्रमा थाहा पाउन सकिन्छ ।

रातमा जन्मनेहरू कस्ता हुन्छन्ः जान्नुहाेस्,

-रातमा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन्। अरूप्रति सहजै विश्वास गर्दैनन्। यिनीहरूको हौसला सदैव उच्च रहन्छ ।

-रातमा जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन्।

– रातमा जन्मने व्यक्तिहरू साहसी हुने गर्दछन् । यस्ता व्यक्ति जोखिमपूर्ण काम गर्न अघि सर्छन् ।

-राती जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।

– राती जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपछि त्यसलाई अधूरो छोड्दैनन् ।

-राती जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ अर्थात् यिनीहरू स-साना कुरामा पनि रिसाइ हाल्छन् ।

-रातमा जन्मनेहरूको स्वभावमा आलस्य पनि हुन्छ । तर पनि काम पूरा गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि पर्दैनन् ।

-रातमा जन्मनेहरू स्वास्थ्यका विषयमा अलि चनाखो हुन जरुरी छ किनभने यिनीहरूलाई रोग भयले सताउने गर्दछ ।