Ultimate magazine theme for WordPress.

कुवेतबाट चन्दा उठाएर पठाईयो नेपाली महिलाको शव

108

दोहा-

एक नेपाली महिलाको शब आर्थिक सहयोग संकलन गरेर कुवेतबाट स्वदेश पठाईको छ ।

झापा घर भई कुवेत ज्यान गुमाएकी मुना राईको शव पठाउन आर्थिक संकलन गरिएको हो ।

झापाली समाज कुवेतले शव पठाउन लाग्ने शुल्क ३ सय ८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी त्यहाँस्थि नेपाली दूतवासमालाई बुझाएपछि शव नेपाल पठाईएको समाज उपाध्यक्ष राजु धिमालले जानकारी दिए ।

उपाध्यक्ष धिमालको पहलमा २ सय ७० केडी, गैरआबासीय नेपाली संघ कुवेतबाट ४९ केडी, तुलसी लिम्बूको

पहलमा २५ केडी लगायत अन्य व्यक्तिहरुको पहलमा ४१ केडीसहित ३ सय ८५ केडी दूतावासलाई बुझाईएको थियो ।

आर्थिक अभावमा शव अलपत्र परेपछि सहयोग रकम संकलन गरिएको थियो ।

मृतक राई भारतको बाटो हुँदै गैरकानूनीरूपमा कुवेतमा पुगेकी थिइन् ।

source khabarhub