Ultimate magazine theme for WordPress.

नयाँबजारमा भासियो, घरहरु जोखिममा हेर्नुहोस

473

पोखरा ।

हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा रहेका छन् ।

नजिकै घरहरु धेरै भएकाले धनजनको क्षती हुन सक्ने प्रदिप बस्नेतले बताएका छन् । समयमै यसको रोकथामको प्रयास गरिनुपर्ने उनको भनाई छ । हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।

यो पनि हेर्नुहोस

अविरल

आएको वर्षाका कारण आएको बाढीले सुपर मादी हाइड्रो पावरमा क्षति पुराएको छ ।

बाढीले २ वटा जेसिबि, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटरलगाएतका सामाग्रीहरुमा असर पुग्दा करिब २० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले जानकारी दिए ।

घटनाको विस्तृत विवरण बुझ्नका लागि हाइड्रोका अध्यक्ष ढुङ्गाना यतिबेला हाइड्रो तर्फ जाँदैछन् ।

यो पनि हेर्नुहोस

पश्चिम खण्डमा मध्यपहाडी राजमार्ग कालोपत्रमध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत दैलेखको पश्चिम खण्ड रावतकोटबाट चक्रता हुँदै रामाघाटसम्मको सडकखण्डमा पहिलो चरणको कालोपत्रको काम शुरु गरिएको छ ।

मौसमले साथ दिएको खण्डमा असार दोस्रो सातासम्म १० किलोमिटरभन्दा बढी कालोपत्र सम्पन्न गर्ने तयारीअनुसार धमाधम काम गरिएको हो । निषेधाज्ञाको अवधिमा समेत सामाजिक दूरी कायम गरेर मध्यपहाडी राजमार्गका विभिन्न आठ स्थानमा काम सञ्चालन भइरहेको छ ।

सदरमुकामको पश्चिम रावतकोटबाट पादुकासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु हिमाल हाइड्रो जेभीको लापरवाहीका कारण गत असारमै सम्पन्न गर्नुपर्नेमा काम यो वर्षबाट शुरु गरिएको छ ।