पोखरा न्यूज ।
पोखरा महानगरपालिका वडा नं. ६ मा भारी वर्षाका कारण नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ ।
बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा सिचाईको नहर थुनिदा स्थानीय विश्वेश्वर पौडेल र वासु पौडेलको ३ घरमा सामान्य क्षति पुगेको वडाध्यक्ष जगत पहारीले बताउनुभयो ।
बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा विश्वेश्वर १ घर र वासुका दुई घरमा क्षति पुगेको वडाध्यक्ष पहारीले जानकारी दिनुभयो ।
अहिले डोजरको सहायताबाट नहरको पानीलाई बाटोमा खसालेर निकास दिइएको उहाँले बताउनुभयो ।
नहरबाट पसेको पानीका कारण घरको पर्खाल भत्किएको र ठाउँ ठाउँमा क्षय गराएको छ । बाढीका कारण अन्य क्षति भने हुन नपाएको वडाध्यक्ष पहारीले बताउनुभयो ।
यो पनि हेर्नुहोस
नयाँबजारमा भासियो, घरहरु जोखिममा हेर्नुहोस
हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा रहेका छन् ।
नजिकै घरहरु धेरै भएकाले धनजनको क्षती हुन सक्ने प्रदिप बस्नेतले बताएका छन् । समयमै यसको रोकथामको प्रयास गरिनुपर्ने उनको भनाई छ । हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।
source pokharanews