Ultimate magazine theme for WordPress.

हेर्दा हेर्दै पार्किङ गरेको राखेको कार जमिन भित्र पसेपछी(भिडियो हेर्नुस्)

314

एजेन्सी ।

अहिले नेपाल र भारत लगायतका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण जमिन भिजेको छ । भिजेको जमिन भएकाले एक जना कार मालिकले नसोचेको घटना भोग्नु परेको छ ।

उनलाई लाखौंको नोक्सान भएको छ । मनसुन वर्षाले भिजेको भारतको मुम्बईमा पार्किङ गरिएको एउटा कार पुरानो इनारभित्र खसेको छ।

लगभग ४० वर्षअघि इनार छोप्दा गरिएको ढलान भत्किएर कार भित्र खसेको प्रहरीले बताएको छ। कार मालिकले ुयस्तो घटना हुन्छ भनेर सपना पनि नसोचेकोु र त्यहाँ इनार भएको थाहा नभएको बताएका छन्।

घटनामा कुनै मानविय क्षती भने नभएको बताइएको छ ।

आफ्नै आँखा अगाडी कार इनारभित्र डुवेपछि कार मालिक निकै दुखी भएका छन् । उनले कल्पना पनि नगरेको घटना भएको भन्दै दुख ब्यक्त गरेका छन् । इनारमा खसेको कारलाई क्रेनको सहायताले वाहिर निकालिएको छ ।

तर गहिराईमा खसेका कारण कारमा क्षती भने भएको छ ।

सो कार डा किरण जोशीको भएको बताइएको छ । उनी कार पार्क गरेर आफ्नो कार्यालय भित्र गए ।

तर उनले कार पार्क गरेको स्थान इनारलाई ढलानले छोपेको ठाउँ परेछ ।

लगातारको वर्षाले त्यो ढलान कमजोर भएका कारण कार ढलान भत्किएर इनार तल पुगेको हो ।

SOURCE TAJAKHABAR