Ultimate magazine theme for WordPress.

मेलम्चीमा बेपत्ता २० जनाको नाम सार्वजनिक

249

सिन्धुपाल्चोक, असार ४ ।

सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।

जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् ।

बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । बाढीमा परेर अहिलेसम्म दुई चिनियाँ र

एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् ।

यो पनि हेर्नुहोस

धार्चे गाउँपालिका–१

स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

“पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उनले भने, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।”