Ultimate magazine theme for WordPress.

सुनको मूल्य रातारात यसरी किन घट्यो ? हेर्नुहाेस्

245

नेपाली

बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १२ सय ले कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज शुक्रबारको लागि छापावाल सुनको मूल्य तोलाको ९० हजार ८ सय तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

भोली शनिबार भएको हुनाले नयाँ मूल्य कायम नहुँदा शनिबार पनि यही मूल्यमा कारोबार हुनेछ ।

असार १ गते ९३ हजार २ सय कायम भएको सुनको भाउ क्रमश घट्दै गइरहेको छ । २ गते ९३ हजार १ सय र ३ गतेको लागि ९२ हजार कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्‍यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैँया निर्धारण भएको छ । बिहीबार (हिजो) यो मूल्य तोलाको १३ सय ४० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस्ः
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ । जापानिज यान १० को खरिददर १० रुपैयाँ ६८ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ ।