Ultimate magazine theme for WordPress.

मन्त्री दीपक मनाङे माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी

382

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य एवं मन्त्री एवं राजीव गुरुङ (दीपक मनाङे) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने चर्चा चुलिएको छ । यस विषयमा तयारी पनि भइरहेको बताइन्छ ।

मन्त्री मनाङे आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको बुझिएको छ । मनाङेले त्यसमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।

मनाङले कम्युनिष्ट पार्टीको एकतामा जोड दिएको उनी निकट स्रोतले बतायो । कम्युनिष्ट पार्टी एकतावद्ध भएर जाँदा विगतमा सफलता हासिल भएको स्मरण गराउँदै मनाङेले एकतामा जोड दिएका थिए ।

प्रचण्डले गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्दा साथ दिएकोमा मनाङेलाई धन्यवाद दिएका थिए । उनले उचित समयमा यसको कदर हुने समेत बताएका थिए ।

मनाङेले यसअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग पनि भेटेका थिए ।

सो भेटमा पनि उनले कम्युनिष्ट एकतामै जोड दिएको बताइन्छ ।

source gandakivoice