Ultimate magazine theme for WordPress.

एक हप्ताको लागि फेरि थपियो निशधाज्ञा – यस्ता छन नयाँ नियमहरु ! आफुपनी पढेर सेयर गर्नुहोला।

202

काठमाडौं

असार

संवाददाता असार ९, चितवन ।

चितवनमा अघिल्लो निषेधाज्ञामा भन्दा केही खुकुलो गर्दै एकसाताको लागि निशेधाज्ञा थप गरिएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै असार १७ सम्म निषेधाज्ञा थप गरेको जानकारी दिएको छ । पछिल्लोपटक थप गरिएको निशेधाज्ञा बिहीवार सकिदैछ।

जिल्लामा को’भिड सं’क्र’मणको जो’खिम अझैसम्म उच्च रहेको र यसको न्युनिकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा उल्लेख छ ।

अघिल्ला निषेधाज्ञाभन्दा थप गरिएको यो निषेधाज्ञा केही खुकुलो गरिएको छ । अधिकांश व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस्तै मालपोत, नापी, यातायात व्यवस्था कार्यालय लगायतका बढी भिडभाड हुने सरकारी निकाय कार्यालयहरुमा न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

सार्वजनिक सवारीसाधनमा पूर्णतया रोक लगाइएपनि अत्याबश्यक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन । निजी सवारीसाधनको हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर प्रणालीमा ५० प्रतिशत यात्रु राखेर चलाउन पाइने छ ।

दोस्रो लहरमा जारी निषेधाज्ञा योसमेत गरी सातौं औं पटक थपिएको हो । गत वैशाख १६ गतेबाट चितवनमा दोस्रो लहरको कोरोना म’हामा’री फैलिएपछि निषेधाज्ञा लागू गरिएको थियो