Ultimate magazine theme for WordPress.

फेरि थपियो एक हप्ताको लागि निषेधाज्ञा !

104

अघिल्लो

निषेधाज्ञामा भन्दा केही खुकुलो गर्दै एकसाताको लागि चितवनमा निषेधाज्ञा थप गरिएको छ ।

जिल्लामा को’भिड सं’क्र’मणको जो’खिम अझैसम्म उच्च रहेको र यसको न्युनिकरण र रोकथामका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा उल्लेख छ ।

बुधवार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै असार १७ सम्म निषेधाज्ञा थप गरेको जानकारी दिएको छ ।

पछिल्लोपटक थप गरिएको निशेधाज्ञा बिहीवार सकिदैछ।

अघिल्ला निषेधाज्ञाभन्दा थप गरिएको यो निषेधाज्ञा केही खुकुलो गरिएको छ ।

अधिकांश व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सार्वजनिक सवारीसाधनमा पूर्णतया रोक लगाइएपनि अत्याबश्यक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन ।

निजी सवारीसाधनको हकमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बर प्रणालीमा ५० प्रतिशत यात्रु राखेर चलाउन पाइने छ ।

दोस्रो लहरमा जारी निषेधाज्ञा योसमेत गरी सातौं औं पटक थपिएको हो ।

गत वैशाख १६ गतेबाट चितवनमा दोस्रो लहरको कोरोना म’हामा’री फैलिएपछि निषेधाज्ञा लागू गरिएको थियो।

यस्तै मालपोत, नापी, यातायात व्यवस्था कार्यालय लगायतका बढी भिडभाड हुने सरकारी निकाय कार्यालयहरुमा न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।