Ultimate magazine theme for WordPress.

२४ करोड विनियोजन तालचोक–बेगनास नमुना सडकका लागि

800

असार १०,

लेखनाथ- नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।

पोखरा महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८ । ७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने उक्त सडक निर्माणको लागि आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरिएको बताईन् ।

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडक निर्माण गर्न १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ ।

उक्त सडक निर्माण भएपछि सो क्षेत्र पोखराको नयाँ न्युरोडको रुपमा विकसित हुने विश्वास महानगरले लिएको गुरुङले बताईन् ।

सो सडक निर्माण सम्पन्न भएपछि तालचोक बेगनास क्षेत्रको भौतिक विकासको अलावा बेगनासतालमा हुने पर्यटकीय गतिविधि विस्तार भई

उक्त क्षेत्र पर्यटकीय हबको रुपमा विकाशित हुने उनले बताईन् ।

source lekhnathkhabar