Ultimate magazine theme for WordPress.

मासिक यती थोरै किस्ता तिरेर किन्न सकिन्छ यी ४ पावरफुल मोटरसाइकल, हेर्नुहाेस्

538

युवा पुस्ताले

पावरफुल मोटरसाइकल रुचाउने गर्छन् । २०० सीसी क्षमताका इन्जिन प्रयोग भएको मोटरसाइकलमा युवाहरुको आकर्षण धेरै रहेको देखिन्छ । त्यसैले गर्दा बजाज एनएस २००, पल्सर २२० एफ, हिरो एक्सपल्स २०० र टीभीएस आरटीआर २०० फोर भी अहिले पनि चल्तीका मोडल रहेका छन् ।

२०० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै यूनिट मोटरसाइकल विक्री गर्ने कम्पनी बजाज रहेको छ । यो सेग्मेन्टमा बजाज एनएस २०० र बजाज पल्सर २२० एफ नेपालमा सबैभन्दा धेरै विक्री गर्छ । यी दुई मोटरसाइकलले २०० सीसी सेग्मेन्टमा ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेका छन् ।

बजाजले आफ्नो एनएस २०० को टप भेरियन्ट ३ लाख ७८ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ भने पल्सर २२० एफको मूल्य ३ लाख ५० हजार ९०० रुपैयाँ रहेको छ । पल्सर एनएसको अधिकतम पावर २३.५ पीएस रहेको छ । एफआई सहितको एनएस किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्टमा बुझाउँदा व्याज नलाग्ने स्कीममा खरिद गर्न सक्ने छन् ।

यसरी खरिद गर्दा १८ महिनासम्म मासिक १० हजार ५२५ रुपैयाँ तिर्नेगरि खरिद गर्न सक्ने छन् । यदि ५० प्रतिशतभन्दा कम डाउन पेमेन्टमा खरिद गर्नु पर्ने अवस्था छ भने १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । ३० प्रतिशत डाउन पेमेन्ट गरेर पल्सर एनएस २०० अफआई किन्दा मासिक १३ हजार रुपैयाँ हाराहारी तिर्नु पर्ने हुन्छ ।

त्यसैगरि, २०० सीसीमा नेपालमा पछिल्लो समय हिरो एक्सपल्स २०० अत्याधिक चर्चामा रहेको मोटरसाइकल हो । सन् २०१९ को नाडा अटो शोमा नेपालमा सार्वजनिक भएको हिरो एक्सपल्स २०० नेपालमा अहिले राम्रो व्यापार गर्दै आएको छ ।

टीभीएस आरटीआर २०० ले अधिकतम पावर २०.५ पीएस पावर प्रदान गर्छ । आरटीआर २०० फोर भी किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १८ महिनासम्म मासिक किस्ता ९ हजार ७५० रुपैयाँ तिर्नु पर्छ ।

यस योजनामा कुनै व्याज लाग्ने छैन । तर, ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्ने हो भने २ वर्षसम्म १२ हजार मासिक किस्ता बुझाउनु पर्ने हुन्छ । यस योजनामा ग्राहकले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

पल्सर २२० किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा १८ महिनासम्म मासिक किस्ता ९ हजार ७५० रुपैयाँ तिर्नु पर्छ । तर, ३० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्ने हो भने २ वर्षसम्म १२ हजार मासिक किस्ता बुझाउनु पर्ने हुन्छ । यस योजनामा ग्राहकले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

नेपाली बजारमा उपलब्ध मध्ये एड्भेन्चर मोटरसाइकलमा कम मूल्य र उत्कृष्ट फिचरका कारण यो मोटरसाइकलको माग उच्च रहेको छ । हिरोले एक्सपल्सको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । हिरोको एक्सपल्सको पावर १८ पीएस रहेको छ ।

एक्सपल्स किन्न चाहने ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्ष भित्र भुक्तान गर्नेगरि कर्जा सुविधा लिन सक्ने छन् । यसरी कर्जा लिँदा १४ प्रतिशत व्याज तिर्नु पर्छ भने, मासिक किस्ता ११ हजार ५०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

आरटीआर २०० नेपाली बजारमा उपलब्ध अर्को पावरफुल मोटरसाइकल हो । स्मार्ट कनेक्ट तथा एबीएस फिचर थप गरेर केही समय अगाडि नेपाल आएको आरटीआर २०० फोर भीको मूल्य ३ लाख ५० हजार ९०० रुपैयाँ रहेको छ ।

स्राेतः मेराे अटाे