Ultimate magazine theme for WordPress.

नेपाली यी चर्चित गायकको भयाे कोरोनाबाट मृत्यु

229

पछिल्लाे

समय काेराेना बढिरहेकाे छ । काेराेनाले धेरैकाे ज्यान लिइसकेकाे छ।

त्यस्तै, नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ ।

मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत रहेका छन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा रहेका छन् ।

विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू

छोरीहरू बिहीबार काठमाडौँ आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए । विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ । स्राेतः केटियम दैनिक

याे पनि पढ्नुहेास्ः
शैक्षिक क्षेत्रमा थपिएका अवसर र चुनौतीहरू

हाल कोभिड -१९ बाट हामी सबै आक्रान्त छौँ । विश्वभरि नै फैलिएको कोभिड-१९ का कारण खासगरी निमुखा, गरिव, मजदुरका लागि निकै कठिन समय सिर्जना भएको छ ।

त्यसैगरी नेपाल सरकारद्वारा लगाइएको निषेधाज्ञाका कारण हामी सबै थप मारमा छौँ । कोभिडका कारण हाल प्रायःजसो सबै क्षेत्र मारमा छन् । यसैबीच जेठ १५ मा सरकारले बजेट भाषण गरेको छ ।

हाल विभिन्न क्षेत्र मध्ये शिक्षाको क्षेत्रमा पनि कोभिडका कारण निकै असरमा परेको छ । हाल सामान्य परिस्थितिको समय हो भने प्रथम परीक्षा सकिने बेला भइसकेको छ । कोभिड-१९ का कारण नेपालको शैक्षिक क्षेत्र तथा शैक्षिकसत्र निकै प्रभावित भएको छ ।