Ultimate magazine theme for WordPress.

यसरि दिय प्रचण्डले केपी ओलीलाई दिए मुरीमुरी धन्यवाद हेर्नुहोस्

207

नेकपा

९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेगेटिभ रोल खेलेर देशका शक्तिहरुलाई एक ठाउमाँ आउने वातावरण बनाइदिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन् ।

बिहिबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले केपी ओलीले भिलेनको भुमिका खेलेका पनि आरोप लगाए ।

उनले भने, अब जनताले पनि भिलेन को भन्ने थाहापाईसकेका छन् ।

त्यसकारण यो गठबन्धन स्वार्थका लागि गठबन्धन होइन ।’

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा मात्र चलेको आरोप लगाउँदै अध्यक्ष दाहालले राष्ट्रपति संस्थाको ओज घटेको उनले बताए ।

‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो, अहिले शान पनि छैन, मान पनि छैन ।

इज्जत पनि छैन । हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि ।

अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए ।’