Ultimate magazine theme for WordPress.

अब पोखरामा पनि केबलकार चढ्न पाइने ! पैसा कति ?

343

पोखरा

महानगरपालिका–१८ सेतीबगरदेखि सराङकोटको डाँडासम्म पुग्नेगरी अन्नपूर्ण केबलकार निर्माण गरिएको सञ्चालक तिर्थराज त्रिपाठीले जानकारी दिए ।

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।

उनका अनुसार केबलकारको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । केबलकारबाट फेवातालको किनार सेतीबगरदेखि सराङकोट पुग्न ८ मिनेट लाग्ने उनले बताए ।

अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ्रे हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ । तर भने भाडा कति लाग्छ भन्ने पुरा खुलेकाे छेैन् ।

कोरना सङ्क्रमणको हालको अवस्थामा सुधार भएपछि केबलकार परीक्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए ।

गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार कोरोना भाइरस सङ्क्रमणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ ।

त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ । हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ ।

प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछ ।

एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् ।

केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको त्रिपाठीले जनाएका छन् ।