Ultimate magazine theme for WordPress.

यस कारण मागेकी रहेछिन् केकी अधिकारीले माफी !

177

नेपाली

चर्चित सुन्दरी नायिका हुन् केकी अधिकारी । उनले हालै सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् ।

नायिका केकीले एक स्टाटस लेख्दै आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि आँफुले माफी चाहेको उल्लेख गरेकी छिन् ।

उनले जानेर वा नजानेर गरिएका त्यस्ता गल्तीलाई माफी दिन भन्दै सामाजिक संजालमा आफल्नो वि’चार राखेकी छिन् ।

उनले भनेकी छिन् जानी नजानी कुनै न कुनै प्रकृतीको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य र अदृश्य रुपमा जकडिएका कारण गल्ती भएको हुन सक्ने बताएकी छिन् ।

नायिका केकीले भनेकी छिन् ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’

याे पनि पढ्नुहाेस्ः
नयाँ फिल्मको तयारीमा केकी

अभिनेत्री केकी अधिकारी नयाँ फिल्मको तयारीमा लागेकी छन् । नयाँ फिल्मको अहिले वर्कशप चलिरहेको केकीले जानकारी दिएकी छन् । उनले बनाउन लागेको फिल्मको नाम बाहिर दिएकी छैनन् ।

फिल्मको नाम विना नै अहिले वर्कसप भइरहेको भने जानकारी दिएकी छन् । फिल्मका लागि कलाकारको विषयमा पनि उनले केहि बताएकी छैनन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’पछि उनको लगानीमा बन्न लागेको यो दोस्रो फिल्म हो ।

नयाँ फिल्ममा कोहलपुर एक्स्प्रेसका निर्देशक नदोहोरिने भएका छन् । केकीले ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी अव बन्ने फिल्ममा नदोहोरिने भन्दै निर्देशकको नाम बताएकी छैनन् ।

यता विशाल भने ‘कमेडी याम्पियन्स २’को तयारी रहेका छन् । फागुनबाट सुरु गरिने फिल्मका लागि वर्कसप सुरु भएको एक महिना भइसकेको छ भने अझै २ महिना लाग्ने केकीको भनाईछ ।