Ultimate magazine theme for WordPress.

विषालु च्याउ खाँदा यती धेरै बिरामी कस्तो हो त बिसालु च्याउ जानुहोस

406

विषालु

च्याउ खाँदा पोखरामा एकै परिवारका ६ सहित ८ जना बिरामी भएका छन् । हाम्रो गाउँघर तिर च्याउको खेती गर्न पनि थालिएको छ । च्याउका पारखीहरु पनि निकै बढेका छन् ।

हेर्दा सामान्य लाग्ने च्याउ खाँदा मिठो मात्र हुने मात्र होइन यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पनि पुर्याउछ तर कस्ताे च्याउ खाने भन्ने बारे अल्लि बुझ्न पर्छ ।

बिरामी हुनेमा पोखरा–३३ पुँडीका ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लिला, १३ वर्षीय छोरा पूर्ण र तीन छोरीहरू १०, ८ र ६ वर्षका विनिता, अस्मिता र मायासहित ६ जना तथा सोही ठाउँका ५५ वर्षीय भिमबहादुर पुन र उनकी श्रीमती ५२ वर्षाीय गौमाया पुन रहेका छन् ।

बिरामी भएको सबैको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ । धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ लगेर राति पकाएर खाएका पोखरा महानगरपालिका–३३ का स्थानीय एकैपटक बिरामी भएका हुन् ।

याे पनि पढ्नुहाेस्ः
गरे के हुन्न ? घरका छतमा लोभलाग्दो तरकारी खेती फलाउदै भरतपुरका महिलाहरु

भरतपुर महानगरपालिका–११ दीपज्योति टोल सुधार संस्था छिरेपछि यतिबेला सबैको घरमाथि तरकारी खेती देख्न सकिन्छ । तरकारी लगाउने जग्गा नभएपछि स्थानीय महिलाहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।

बाहिरबाट हेर्दा पनि लोभलाग्दो देखिने गरी दीपज्योति आमा समूहका महिलाहरुले तरकारी खेती गर्दै आएका छन् । स्थानीयवासी सुनिता कार्की आफ्नो फुर्सदको समयमा कौसीमै बिताउँदै आएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “घरको काम धन्दा सकिएपछि दिन कटाउने बाटो भएको छ । तरकारी किनेर खान पनि परेको छैन ।” कौसीमा तरकारी लगाएदेखि दैनिकी कटाउन र घरका लागि आवश्यक तरकारी पर्याप्त मात्रामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

विगत एक वर्षदेखि कौसीमा तरकारी लगाउँदै आउनुभएकी कार्की अहिले तरकारी किन्न जाने समय र तरकारी किन्ने पैसाको समेत बचत भएको बताउनुहुन्छ । तरकारी किन्ने पैसा अन्य क्षेत्रमा लगानी गरेको उहाँले जानकारी दिनुभयो ।

सोही टोलकी विष्णु आचार्यको फुर्सदको समय तरकारी गोड्ने, पानी हाल्ने र मल राख्नेमै बित्छ । उहाँले घरको छतमा तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा बोडी, काँक्रो, साग, घिरौँला, कागतीलगायतका तरकारी रहेका छन् । उहाँको बिहान बेलुका घरको कामबाहेक अन्य समयमा कौसीमा काम गरेर बित्छ ।

घरमै उत्पादन भएको प्राङ्गारिक तरकारी खान पाइने र समयको बचत हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी किन्न जाँदा अन्य सामान पनि किनिने गरेको भए पनि अहिले बजारको तरकारी किन्नु परेको छैन ।”

अर्चना देवकोटा मरहठ्ठाको बिहान बेलुकाको समयले मात्रै आफूलाई पुग्ने तरकारी उत्पादन हुँदै आएको छ । शुरुआतमा केही समस्या हुन्छ कि भन्ने लागेको भए पनि अहिले तरकारी खेती व्यवस्थित गर्न सके आफूलाई आवश्यक पर्ने मात्र नभई थोरै थोरै बिक्री गरेर नुनतेल खानेसम्म पुग्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बजारको तरकारीमा कति विषादी हुन्छ थाहा हुँदैन । आफूले लगाएको ताजा र कम बिषादी प्रयोग भएको तरकारी खान पाइएको छ ।” तरकारीको मौसममा नुन तेल खर्चसमेत तरकारी बिक्री गरेर पुग्ने उहाँको भनाइ छ ।

अहिले उहाँको कौसीमा बोडी, काँक्रो, खुर्सानी, भिन्डी करेलालगायतका तरकारी खानका लागि तयारी अवस्थामा रहेका छन् ।

थोरै ठाउँमा भए पनि आफूलाई पर्याप्त तरकारी उत्पादन भएको उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, “बर्सातको समयमा पानी तालियर केही खेती नहुने ठाउँमा कौसीमा तरकारी लगाएर खाँदै आएका छौ ।”