Ultimate magazine theme for WordPress.

काठमाडौंमा लकडाउन थपियो, सार्वजनिक सवारी सञ्चालन हुने

167

काठमाडौं ।

काठमाडौंमा फेरि एकसाता लकडाउन थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता लकडाउन थप गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको बताए ।

प्रजिअको निर्णय अनुसार व्यवस्थित र स्वास्थ्य प्रोटोकल अपनाएर यात्रुबाहक सार्वजनिक सवारी चल्न दिइनेछ । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।