अब
अर्को वर्षदेखि लागू हुने गरी छाेरी जन्मिए भने ूर्वी नवलपरासी-हुप्सेकोट गाउपालिकाले छोरी जन्मे वापत उनकाे खातामा ५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।
पूर्वी नवलपरासी-हुप्सेकोट गाउँपालिकाले छोरी जन्मे ५ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा स्वतन्त्र कोपिला मल्ल गरी दुवै जना महिला छन् ।
यसलाई छोरीको सुनौलो भविश्य कार्यक्रम नाम दिइएको छ । गाउँपालिकाले गत वर्षदेखि नै प्रतिसुत्केरी ५ हजार नगद पोषणबापत दिँदै आएको छ ।
त्यस्तै दूध बेच्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान थप्ने गाउँपालिकाले जनाएको छ ।
छोरी जन्मिए जन्मदर्ताका आधारमा बैंक खाता खोलेर तत्काल ५ हजार रुपैयाँ जम्मा हुने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले बताइन् । यसका लागी ६ लाख बजेट विनियोजन गरिएको छ ।
याे पनि पढ्नुाेस्ः
यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?
नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ । आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।
आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।