एजेन्सी ।
भनाई नै छ माया र राजनितिमा हरेक कुरा जायज हुन्छन् । यस्तै घटना थाइल्यान्डमा भएको छ ।
थाइल्यान्डकी ३६ वर्षीया महिलाले बदला लिनको लागि आफ्नो पुरानो प्रेमीको २३ लाख रुपैयाँ बराबरको मोटरसाइकलमा आगो लगाइदिएकी छिन् ।
ती प्रेमिले प्रेम सम्बन्ध अगाडी बढाउन नचाहेपछि महिलाले रिसको झोकमा आगो लगाइदिएको एजेन्सीले जनाएको छ । वास्तवमा ति महिला प्रेमीसँग बदला लिनको लागि उनले काम गर्ने स्थान बैंककको श्रीनाखारिनविरोट विश्वविद्यालय पुगेकी हुन् ।
त्यहाँ पुगेर महिलाले पार्किङमा राखेको करीब २३ लाख रुपैयाँको बाइकमा केही नसोची आगो लगाइदिएकी थिइन् ।
आगोबाट मानविय क्षति नभएपनि बाइकको वरिपरि भएका ६ वटा सवारी साधनमा भने क्षति पुगेको छ ।
घटनाको जानकारी पछि दमकल आएर आगो निभाएको थियो ।
यो घटना सिसिटिभिमा कैद भएकोले युट्युबमा राखिएको छ ।
भिडियो भाइरल भइरहेको छ ।
source reportersnepal