Ultimate magazine theme for WordPress.

यी ठाउँमा अब लगातार ३ दिन भारी वर्षा हुने ! सर्तक रहन आग्रह

190

पछिल्लाे

समय काेराेनाकाे माहामारी दैनिक रुपमा बढे सँगै यहि बेला बाढी पहिराे पनि अत्याधिक रुपमा परेकाे छ ।

त्यस्तै, आज भारी वर्षाको सम्भाबना रहेको श्राेतले जनाएकाे छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएकाे छ।

राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस्ः
हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालन

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -८ हंसपुर बाझाखर्क निवासी दिपक बेल्वासे सपना सगै हरियो पासपोर्ट बोकेर विदेशी भुमिमा पसिना संग पैसो साट्न हिडेका बेल्वासे अहिले हरियो पासपोर्ट बाक्समा थन्काएर गाउँमै बाख्रा पालनमा रमाउदै छन । हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि पशुपालन हो। युवाले उत्पादनमा जोडदिनु अहिलेको आवश्यकता बनेको छ।

गाउँघर को याद मेलापात तिम्रै साथमा ,मेलोपात तिम्रै यादमा धानको बाला झुलेको हेर्दा, हात समाइ हिंडेको साथमा जस्ता – जस्ता याद लाइ पोकोपारी परिवार लाई छोडेर प्रदेश जानु नेपाली को बाध्यता बनेको छ ।

नयाँ नेपाल नयाँ क्रान्तिका कुरा गर्दै बन्दुक बोकेर लड्ने युवा अहिले हरियो पासपोर्ट बोकेर खाडि तिर जानको लागि अन्तर्राष्ट्रिय बिमानस्थलतिर लम्किनु युवाहरु को रुचि नभई बाध्यतानै बनेको हो।

मालारानी गाउँपालिका का मेहनती दिपक बेल्वासे १० वर्षको खाडी मुलुक साउदी अरबको अनुभव लाई बिकास र समृद्धिको अभियानमा उत्पादन संग जोडिएका छन ।

उद्यमशीलता मार्फत जीवनस्थर लाई अघि बढाउन मात्र खोजेका होइन स्वदेशमै केहि गर्न सकिन्छ भन्ने वेरोजगार युवाको लागी गतिलो उदाहरण बनेका हुन ।

वेल्वासेको फार्ममा अहिले ८० वटा बाख्रा देख्न सकिन्छ जसमध्ये २० वटा बोका छन । महिनाको ३० हजार कमाउन विदेश जान्न नपर्ने दिपक वेल्वासे बताउछन। आफ्नै मेहनत ले महिना को ८-१० वटा बाख्रा बेचेर ५० हजार कमाउने वेल्वासे ले बताउछन् ।

गाउँमा बाख्रा फार्म बनाउनदा २५ लाख खर्च गरेको भएपनि परिवार संग बस्न पाउदा परिवार सगै मेलापात जान पाउदा खुसी रहेको बताए । परिवार बाट बुवा आमा श्रीमतीले साथ सहयोग र हिम्मत दिएपछि काम प्रति झन उर्जा बढेको बताए ।