पोखरा ।
पोखरामा दुई स्कूटर एकापसमा ठोक्किंदा तीन जना घाइते भएका छन् । पोखराको ड्यामसाइडमा आज राति ७ः३० बजे सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा पोखरा २५ हेमजाका ३५ वर्षका कृष्णप्रसाद बराल गम्भीर घाइते भएका छन् । उनको अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै, सो दुर्घटनामा घाइते भएका स्याङ्जा विरुवा गाउँपालिकाका ३२ वर्षकी अमृता राना र २८ वर्षका सुवास विक पनि घाइते भएका छन् ।
घाइते तीन जनाकै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
ग९प ५८ २८ र ग१७ प २०२० नम्बरको स्कूटर एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटनामा ग९प ५८ २८ नं. को स्कूटरमा ठूलो क्षति पुगेको छ ।
गम्भीर घाइते भएका बराल ग१७ प २०२० नम्बरको स्कूटर चालक हुन् । दुर्घटना स्थलको प्रकृति हेर्दा डरलाग्दो देखिन्छ ।
source gandakivoice