पोखरा ।
तनहूँको बन्दीपुर गाउँपालिका वडा नं. ३ तामुङमा पहिरोमा घर पुरिंदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
घर माथिबाट खसेको पहिरोले पाँच घर पुर्दा दुई जना मृत भेटिएका हुन् ।
मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल तथा ३० वर्षीया सरस्वती थापा छन् ।
राति खसेको पहिरोमा बेपत्ता उनीहरुको केहीबेर अघि शव भेटिएको बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
पहिरोका कारण घर पुरिएपछि स्थानीय विस्थापित छन् ।
उनीहरुको उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिए ।
तनहूँ प्रहरीको एक टोली घटनास्थलमा पुगेको बताइएको छ ।
source gandakivoice
तनहुँमा बाढी र पहिरोको बितन्डा, पक्की पुल बगायो, आवतजावत बन्द
एमाले नेता नेपाल र गुरुङबीच चार घण्टा छलफल के भयो त कुरा ?
जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय
पोखराको ड्यामसाइडमा डर’लाग्दो दुर्घटना
photo by google