काठमाडौ ।
विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृत्यु भएको भने चालक घाइते भएका छन् ।
कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बाढीमा पुरिएको हो ।
बाढीमा ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मादी गाउँपालिका वडा नं। ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा एक्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो ।
एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृत्यु भएको छ ।
माथिबाट बाढी आएपछि भाग्ने क्रममा एम्बुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।
उनलाई स्थानियले उद्धार गरेर अस्पताल लगेका थिए ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
अनुसार जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ ।
एम्बुलेन्सका सहचालक भने सकुशल छन् ।
सांकेतिक तस्बिर