Ultimate magazine theme for WordPress.

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु

352

पोखरा ।

काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

रासस

यो पनि हेर्नुहोस

पम्फा भुषालकी आमाको निधन, सभामुख सापकोटाद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

बिवाहकै दिन मंडपमा दुलहीले यसरी छाेडिन् संसार

यो पनि हेर्नुहोस

असार ११ गतेदेखि हराइरहेकी युवतीको शव फेला