Ultimate magazine theme for WordPress.

चितवनमा २३ वर्षीया सुजिता भण्डारीको शव भेटिएको २४ घण्टा नहुँदै मृत्युको कारण खुल्यो, प्रहरीले गर्यो यस्तो आशंका

756

मृत भेटिएकी

सुजिता भण्डारीका सम्बन्धमा सत्यतथ्य छानबिनको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेर राजमार्ग अवरुद्ध गरेका हुन् । राप्ती नगरपालिका–३ झुरझुरेमा बिहान १०ः१५ बजेबाट सडक अवरुद्ध गरिएको हो ।

असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।

प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन । तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अ’ड्किएको अवस्थामा फेला परेको बताए। शव भेटिएको स्थान नजिकै स्प्रा’इट’को बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मा’ ‘र्न प्रयोग हुने वि’ ‘ष फेला परेको छ।

अनुसन्धान अधिकृतहरुका अनुसार झट्ट हेर्दा वि’ ‘ष सेवनका कारण सुजिताको मृत्यु भएको हो कि भन्ने देखिएको छ । तर यसको निर्क्यौल पोष्टमार्टम रिपोर्टले मात्रै गर्नेछ । पोष्टमार्टम भरतपुर अस्पतालमा गर्ने कि काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्ने भन्ने विषय टुंगो लागेको छैन ।

भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अ’पह’रित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बे’पत्ता भएपछि फिराैती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

अहिले स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा सवारी तेस्र्याएर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गरेपछि शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागेको एम्बुलेन्सलाई पनि स्थानीयवासीले अवरोध गरेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीसहित सुरक्षाकर्मी रहेका छन् ।

घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिका प्रमुख प्रभा बरालले आफूहरु छलफलमै रहेको बताए । शव ल्याउन अवरोध गरेपछि सो स्थलमा नगर प्रमुख बराल पुगेर सहजीकरणमा जुटनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीयवासीसँग छलफल गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

एक अनुसन्धान अधिकृतका अनुसार उनले बोक्ने झोलासमेत घटनास्थल छेउमै भेटिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फेला परेको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘मोबाइल खोलामा फालेको हो वा कहाँ गयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयका अनुसार जंगलको बीचमा गाडी जाने ठाउँ छैन । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घटनास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आशंका छ ।

source tajakhabar