Ultimate magazine theme for WordPress.

कास्कीमा दशौँ पटक थपियो निषेधाज्ञा, अब साउन ५ गते रातीसम्म (प्रशासनको आदेश सहित)

465

जिल्ला प्रशासन कार्यालय कास्कीले बिहिबार साँझ नयाँ आदेश जारी गदै साउन ५ गतेसम्म थप गरेको हो । विगतमा भन्दा थप खुकुलो बनाउदै निषेधाज्ञा थप गरेको हो ।

 

विगतमा विहान ५ देखि साँझ ६ बजेसम्म सञ्चालन हुदै आएका व्यवसाय २६ गते विहानबाट विहान ५ देखि राती ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

यो पनि पद्नुहोस

प्रहरीलाई घुस खुवाउन खोज्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

नगद ५ सय घुस खुवाउन खोज्ने लु २ ख २९३ नंवरको बसका सहचालक स्याङ्गजा जिल््ला फेदीखोला गाउँपालिका २ बस्ने ३५ वर्षीय मुक्तिराम पौडेललाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको उक्त बसलाई चेकिङ गर्ने क्रममा सहचालक पौडेलले ‘हामी मिलौं’ भन्दै ५०० घुस दिन खोजेका थिए।

तर, ड्युटीमा खटिएको प्रहरीले घुस अस्विकार गर्दा पौडेलले प्रहरी माथि नै अभद्र व्यवहार गरेका थिए ।

पक्राउ परेका पौडेललाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्धा चलाई अनुसन्धन प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।