Ultimate magazine theme for WordPress.

मेयर मानबहादुर जीसीको स्वास्थ्य बारे अस्पतालले दियो यस्ताे जानकारी

229

पोखरा

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा क्र मिक सुधार आएको छ ।

उनलाई म स्ति ष्कघात भएपछि पोखराबाट काठमाण्डौं ल्याइएको थियो । उनको अहिले काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा उ पचा र भइरहेको छ ।

उपचारका क्रममा मेयर जिसीको बायाँ अं ग नचलेको पाइएको थियो भने उनको एउटा न सा मा समस्या रहेको बताइएको थियो । तर, उनी अहिले उनी खतरामुक्त छन् । उनको थप उपचार काठमाडौंमा भैरहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार म स्ति ष्क घा तका कारण एक न शा मा समस्या भएकाले शरीरको दायाँ भागमा असर परेकाले चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उप चा र भएको हो ।

बिहानभन्दा केही सुधार आएको मेयर जीसीको सचिवालयले जनाएका छन् । दिउँसो काठमाण्डौं ल्याउँदासम्म आँखा पनि नखोलेका जीसीको उप चा रमा संलग्न डाक्टरहरुले केही सुधार भएको जानकारी दिएका छन् ।

यसअघि मेयर जिसीलाई हर्ट अ ट्या क भएको समाचार आएका थिए । तर उनलाई म स्ति ष्क घा त भएको पुष्टि भएको छ । बिहान उनी अकस्मात बिरामी भएका थिए । छातिमा असजिलो महसुस गरेका उनलाई बिहानै पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो ।

त्यहाँ उनको स्वास्थ्य जाँच गर्दा सम स्या जटिल भएको पाइएको थियो । त्यसपछि अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।